बालिका बलात्कार प्रयासमा १ पक्राउ
समाधान संवाददाता
२०७७ भदौ २१ गते १८:२४
समाधान संवाददाता, पाेखरा
बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पोखरा २० भलामबाट १ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३५ वर्षीय गणेश खत्री रहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता सुवास हमालले जानकारी दिए ।
भदौ २० गते बिहान जंगलको एकान्त बाटोमा हिँडिरहेकी १८ वर्षीया बालिकालाई डर देखाई जबरजस्ती करणी गर्न खोजेको खत्रीविरुद्ध आरोप छ । खत्री पेसाले ट्याक्सी ड्राइभर हुन् ।
उनलाई घटनाकै दिन जिल्ला प्रहरीको टोलीले पक्राउ गरेको थियो । खत्रीविरुद्ध जबरजस्ती करणी उद्योग सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया