महानगरका कर्मचारीको सम्पत्ती सार्वजनिक गर्न माग

समाधान संवाददाता २०७७ भदौ २१ गते १८:२७

समाधान संवाददाता, पोखरा

पोखरेली स्वतन्त्र युवाहरुको समूह ‘जागौं पोखार अभियान’ले पोखरा महानगरपालिकाभित्रका अनियमितता विरुद्ध दबाबमूलक कार्यक्रमलाई पुनः निरन्तरता दिएको छ ।

महानगरभित्रका बेथिती उजागर भइसक्दासमेत दोषी पत्ता लाग्न ढिलाई गरेको, भ्रष्टाचारमा कर्मचारी झनै लिप्त हुँदै गइरहेको भन्दै दबाब स्वरुप अभियानले १ हप्ते धर्ना कार्यक्रम आइतबारबाट सुरु गरेको हो ।

Advertisement

युवाहरु ब्यानर र पम्प्लेटसहित बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म महानगर कार्यालयको गेट अगाडि धर्ना बसेका थिए ।

अभियानमा सहभागीहरुले महालेखाले महानगरको नाममा देखाएको १३ करोड बेरुजु रकमको हिसाब सार्वजनिक गर्न माग गरेका छन् ।

Advertisement

साथै, महानगरमा १० वर्षयता कार्यरत सबै कर्मचारीको सम्पत्ति छानबिन गर्न र कर्मचारी सेवा ऐन, २०७६ स्थगित गर्न माग गरेको संयोजक शिरिष गुरुङले बताइन् ।

तपाईको प्रतिक्रिया