रथ तान्ने जुलुसमा सहभागीहरुमा काेराेना संक्रमण

समाधान संवाददाता २०७७ भदौ २१ गते २०:१२

समाधान संवाददाता

काेराेना भाइरसकै महामारीलाई राेक्न भन्दै लागु गरिएकाे निषेधाज्ञा ताेड्दै पाटनमा मछिन्द्रनाथकाे रथ तान्न सडकमा निस्किएकाहरुमा नै काेराेना भाइरस संक्रमण भएकाे पुष्टि भएकाे छ ।

रथ तान्न प्रहरीले राेकेपछि त्यसकाे प्रतिकार गर्दै सुरक्षाकर्मी माथि आक्रमण गरेकाे अभियाेगमा पक्राउ परेका मध्ये ३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । त्यसदिन प्रहरीले १९ जनालाई पक्राउ गरेको थियो।

Advertisement

पक्राउ परेका सबैलाई छुट्टै राखेर पीसीआर विधीबाट परीक्षणका लागी पठाइएको थियो। उनीहरुको रिपोर्ट पोजिटिभ आएपछि प्रहरी परीसर तनावमा छ। 

फाईल तस्विर ।

Advertisement

तपाईको प्रतिक्रिया