गोरखामा सरकारी ४ कर्मचारीमा काेराेना

समाधान संवाददाता २०७७ भदौ २२ गते ११:०३

मोहसिन अलि मियाँ, गाेरखा

गोरखामा ४ वटा सरकारी कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा गोरखामा १८ जनामा संक्रमण देखिएको पुष्टि गरेको थियो । जसमा ४ जना विभिन्न सरकारी कार्यालयमा कार्यरत रहेको जानकारी प्राप्त भएको छ ।

संक्रमित हुनेमा जिल्ला प्रशासन कार्यालय गोरखाको सवारी चालक, जिल्ला हुलाकका एक कर्मचारी, जिल्ला अस्पतालका एक कर्मचारी र राष्ट्रिय अनुसन्धान गोरखामा कार्यरत कर्मचारी हुन् ।

Advertisement

यी ४ जनासहित संक्रमण देखिएका १८ मध्ये गोरखा नगरपालिका ७ का एकै परिवारका १२ जना छन् । जुन शनिबार मृत्यु भएकी बृद्धाको परिवारका सदस्य हुन् । त्यस्तै २ जना पालुङटारका रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया