बागलुङका कोरोनामुक्त स्वास्थ्यकर्मी प्लाज्मा दिन तयार

कोरोना सङ्क्रमणबाट मुक्त धवलागिरि अस्पतालका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरेले कोरोना सङ्क्रमितको उपचारका लागि आफ्नो रगतको प्लाज्मा दिन तयार रहेको बताएका छन् ।
धवलागिरि अस्पतालले प्लाज्मा थेरापी शुरु गरेमा आफूले रगतको प्लाज्मा दान गर्ने स्वास्थ्यकर्मी घिमिरेको भनाइ छ । अस्पतालले प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ का बिरामीको उपचार थाल्न तयारी अघि बढाएको छ ।
कोरोना सङ्क्रमणले गम्भीर स्थितिमा पुगेका बिरामीलाई निको भइसकेका व्यक्तिको रगतको प्लाज्मा चढाएर उपचार गर्ने गरिन्छ । रगतमा रेड ब्लुड सेल (आरबिसी), प्लेटलेट्स र प्लाज्मा (लिक्विड) हुन्छ । दाताबाट रगत लिएर आरबिसी छुट्याइन्छ । त्यसपछि बाँकी रगतबाट प्लेटलेट्स पनि छुट्याइन्छ । बाँकी रहेको रगतको भागलाई प्लाज्मा भनिन्छ । त्यही प्लाज्मा सङ्क्रमितको शरीरमा चढाइन्छ ।
यसले कोरोनासँग लड्ने क्षमता विकास गर्ने चिकित्सकहरू बताउँछन् । पछिल्लो समय देशका विभिन्न अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचार गर्न शुरु गरिएको छ । स्वास्थ्यकर्मी घिमिरे २६ दिनमा कोरोनामुक्त भएपछि शनिबार आइसोलेसनबाट घर फर्केका थिए ।
के हो कन्भालेसेन्ट प्लाज्मा थेरापी ? कन्भालेसेन्ट प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’का आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमतालाई विकसित गर्ने प्रक्रिया हो । कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफै त्यससँग लड्न थाल्छ र त्यसलाई समाप्त पार्न ‘एन्टिबडी’ बनाउँछ । चिकित्सकहरुका अनुसार जब एन्टिबडीले भाइरसलाई समाप्त गर्न सफल हुन्छ, बिरामी पूर्ण रूपले निको हुन्छ । रासस








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया