९७९ संक्रमित थपिए, १७३६ जना निकाे भए

समाधान संवाददाता २०७७ भदौ २२ गते १८:१७

समाधान संवाददाता

सोमबार देशभरमा काेराेना संक्रमित थपिनेकाे संख्या भन्दा निकाे हुनेकाे संख्या धेरै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा देशभर ९७९ काेराेना संक्रमित थपिएका छन् भने १ हजार ७३६ जना निकाे भएर घर फर्केका छन् ।

यीसहित देशभर हालसम्म संक्रमित हुनेको संख्या ४७ हजार २३६ पुगेको छ। हालसम्म निको हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ छ।

त्यस्तै २४ घण्टाकाे अवधिमा काेराेना संक्रमित थप ११ जनाकाे मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ।

विगत २४ घण्टामा ९ हजार २ सय १८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ७७ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ। 

तपाईको प्रतिक्रिया