कोरोनाले पोखरामा ७३ वर्षीया वृद्धाको मृत्यु

समाधान संवाददाता २०७७ भदौ २३ गते १७:१६

समाधान

पोखरा १० की ७३ वर्षीया महिलाको कोरोना भाइरस रोग (कोभिड १९) बाट मंगलबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ ।

क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यका अनुसार ती महिलाको म‌ंगलबार मध्याह्न साढे ३ बजे मृत्यु भएको हो । यो अस्पतालमा कोरोना बिरामी मृत्यु हुनेमा ती महिला नवौं व्यक्ति हुन् ।

अहिलेसम्म गण्डकीमा कोरोना भाइरस रोगबाट २१ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये कास्कीका ७ जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया