बालिका करणी कसुरमा ७८ वर्षीय वृद्ध पाेखराबाट पक्राउ

समाधान संवाददाता २०७७ भदौ २३ गते २०:०७

समाधान संवाददाता, पोखरा

बालिका करणी सम्बन्धी कसुरमा पोखराबाट ७८ वर्षीय वृद्धलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

४ वर्षीया बालिकालाई करणी कसुर आरोपमा पोखरा ५ मालेपाटनका एकनारायण बराललाई मंगलबार उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

Advertisement

चैतको अन्तिमतिर बरालले बालिका एक्लै भएको अवस्थामा करणी कसुर गरेको भन्दै परिवारले भदौ २२ गते प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी लगत्तै कास्की प्रहरीको टोलीले आरोपित बराललाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

पक्राउ परेका बरालविरुद्ध कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी घटनामाथि अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता हमालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया