गाडीको नम्बर प्लेट नेपालीमै राख्न माग

समाधान संवाददाता २०७७ भदौ २३ गते २०:१६

पाेखरा

सवारी साधनका नम्बर प्लेटमा अंग्रेजी भाषा मात्र राख्न सर्वोच्च अदालतले जारी गरेको आदेशप्रति नेपाली भाषा शिक्षक परिषद कास्की, नेपालले आपत्ति जनाएको छ ।

परिषद अध्यक्ष डिल्लीराम अर्यालले मंगलबार विज्ञप्ति निकालेर यस प्रकारको निर्णय नेपाली भाषालाई ध्वस्त पार्ने र यसको अस्तित्वलाई धराशयी बनाउने षड्यन्त्रमूलक ढंगले सर्वाेच्च अदालतबाट आएको भन्दै शंका व्यक्त गरेको छ ।

Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘नेपालभर सञ्चालन हुने कुनै पनि सवारी साधनका नम्बर प्लेटमा अंग्रेजी भाषा राखिनुको कुनै प्रयोजन र औचित्य पुष्टि हुन सक्दैन ।

तसर्थ उक्त राष्ट्रघाती फैसलालाई तुरुन्त बदर गरी नेपाली भाषामा नै नम्बर प्लेट राख्ने प्रावधानलाई कडाइका साथ लागु गर्नका लागि नेपाली भाषा शिक्षक परिषद्, कास्की, नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।’

Advertisement

नेपाली भाषा हाम्रो मौलिकता, राष्ट्रियता,संस्कृतिका साथै अस्तित्वको संवाहक हो भन्दै परिषदे भाषा नै इतिहासलाई जीवित राख्ने साक्षी रहेको जनाएको छ । भाषाको गरिमालाई नजरअन्दाज गर्दै समय समयमा राष्ट्रियता कमजोर पार्न, जातीय गौरव र संस्कृति मेटाउन तथा विशेष गरी भाषामाथि प्रहार गर्ने काम परचक्रीबाट हुँदै आएको आरोप उसको छ । विज्ञप्तिमा भनिएको छ, ‘विदेशी आयातित भाषाका आडमा राष्ट्रभाषाका रूपमा रहेको नेपाली भाषामाथि निर्मम ढंगले प्रहार गरिँदै आएको इतिहास साक्षी छ ।’

तपाईको प्रतिक्रिया