पाेखरामा ९ सहित गण्डकीमा ११ संक्रमित थपिए, थप १ जनाकाे मृत्यु
समाधान संवाददाता
२०७७ भदौ २४ गते ७:१६

समाधान संवाददाता
पाेखरा महानगरपालिकामा ९ सहित गण्डकी प्रदेशमा ११ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विहान विज्ञप्ति जारी गर्दै साे जानकारी दिएकाे हाे ।
पाेखराकाेई वडा नम्बर ६ र १४ मा दुई दुई जना एवं वडा नम्बर ७, ८, १३ र १७ मा एक एक जना संक्रमित थपिएका छन् । एक जना संक्रमितकाे ठेगाना खुल्न सकेकाे छैन् ।
साथै याे प्रदेशमा काेराेना संक्रमित थप १ जनाकाे मृत्यु भएकाे छ । नवलपुर जिल्ला देवचुली नगरपालिका १ का ६४ बर्षीय पुरुषकाे चितवनकाे भरतपुर अस्पतालमा उपचार गर्दा गर्दै मगलबार साँझ मृत्यु भएकाे निर्देशनालले जनाएकाे छ ।
उनी मृगाैला राेगी समेत थिए । श्वासप्रश्वासमा समस्या आएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि निकाे हुन नसकेकाे जनाइएकाे छ । याेसँगै गण्डकीमा मृतककाे संख्या २२ पुगेकाे छ ।

सम्बन्धित








‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया