पाेखरामा १९ सहित गण्डकीमा ४९ संक्रमित थपिए

समाधान संवाददाता २०७७ भदौ २५ गते ७:३०

समाधान संवाददाता

पाेखरा महानगरपालिकामा १९ जना सहित गणडकं प्रदेशमा विहीबार थप ४९ जना नयाँ संक्रमित थपिएका छन् । याेसँगै गण्डकीमा संक्रमितकाे संख्या २७२८ पुगेकाे छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालये दिएकाे जानकारी अनुसार पाेखराकाे वडा नम्बर ८ मात्र १३ जना भेटिएका छन् ती मध्ये ६ जन पुरुष र ७ जना महिला छन् ।

त्यस्तै ५ मा २ जना तथा १५, १९, २५ र ३२ मा एक एक जना संक्रमित थपिएका छन् । पाेखराका यी म्ध्ये १ जना पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत नर्स हुन् ।

त्यस्तै निर्देशनालयले गारी गरेकेा विज्ञप्तिका अनुसार स्याङजाका १२ जना, बाग्लुङका ९ जना, नवलपुरका ५ जना, तनहुँका ३ जना र पर्वतका १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

तपाईको प्रतिक्रिया