बागलुङमा चट्याङ लागेर मृत्यु

समाधान संवाददाता २०७७ भदौ २५ गते १०:१५

बलेवा

चट्याङले लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो ।

मोबाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा गहिरो चोट लोका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामीले बताए । चट्याङले उनको घरमा पारेको थप क्षतिको विषयमा अनुसन्धान भइरहेको छ ।

Advertisement

युवाको शवलाई पोष्टमार्टमपछि आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ । रासस

Advertisement

तपाईको प्रतिक्रिया