सरकारी वकिल कार्यालयका कर्मचारी सम्मानित

पोखरा
निजामती सेवा दिवस २०७७ को अवसरमा उच्च सरकारी वकिल कार्यालय पोखराले गण्डकी प्रदेशका आफ्नो मातहातका ७ जिल्लाबाट ५ जना कर्मचारीलाई सम्मान गरेको छ ।
उच्च सरकारी वकिल कार्यालय पोखराले यसै वर्षबाट सुरु गरेको कर्मचारीहरुको कामको आधारमा मुल्यांकन गरी सम्मान गर्ने कार्य बाट जिल्ला सरकारी वकिल कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्ले, जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहायक न्यायाधिवक्ता पूर्णप्रसाद शर्मा, उच्च सरकारी वकिल कार्यालय कास्कीका नायबसुब्बा भुवनप्रसाद दाहाल, जिल्ला सरकारी वकिल कार्यालय स्याङ्जाकी नायब सुब्बा दिव्यज्योति खनाल र जिल्ला सरकारी वकिल कार्यालय तनहुँकी खरिदार राधिका ढकाललाई उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता घनश्याम ओझाले प्रशंसापत्रद्वारा सम्मान गरे ।
प्रशंसापत्रद्वारा सम्मान गर्दै सह न्यायाधिवक्ता घनश्याम ओझाले सम्मानित सबै कर्मचारीलाई बधाई दिए । ‘धेरैजनालाई आपूm पनि सम्मानित हुनुपर्ने किन भइएन भन्ने लाग्ला तर मूल्यांकनको मापदण्ड पूरा गर्नुपर्ने भएकाले पनि सबै पर्न नसकेका हुन्,’ उनले भने, ‘यसै वर्षबाट मात्र यो कार्यको थालनी भएको छ र यसलाई निरन्तरता दिइनेछ ।’
सम्मानितमध्येबाट बोल्दै जिल्ला सरकारी वकिल कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले आफू लगायत कर्मचारीलाई सम्मान गरेकामा धन्यवाद दिए । उच्च सरकारी वकिल कार्यालय पोखराको परिसरमा सोमबार आयोजित सम्मान कार्यक्रममा जुममार्फत जिल्लाहरुलाई सहभागी गरिएको थियो ।
कार्यक्रममा स्वागत उच्च सरकारी वकिल कार्यालय पोखराकी उपन्यायाधिवक्ता प्रतिमा भट्टराईले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन उच्च सरकारी वकिल कार्यालय पोखराका सहायक न्यायाधिवक्ताले गरेका थिए ।









सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया