खानेपानीका कर्मचारी कृष्णहरि वाग्ले २५ हजार घुससहित पक्राउ

समाधान संवाददाता २०७७ भदौ २५ गते १२:३४

समाधान संवाददाता, पोखरा

खानेपानी संस्थान विन्ध्यवासिनी इकाई कार्यालयमा कार्यरत कर्मचारी कृष्णहरि वाग्ले २५ हजार घुस सहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले उनलाई बगर ट्याक्सीचोकस्थित १ रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको हो ।

Advertisement

प्रशासन अन्तर्गत सहायक पदमा कार्यरत वाग्ले करारका कर्मचारी हुन् ।
सेवाग्राहीको मिटरमा अस्वभाविक बिल उठेपछि मर्मत गर्नुपर्नेमा उनले घुस मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियार स्रोतले बतायो ।

Advertisement

तपाईको प्रतिक्रिया