सेरेना सेमिफाइनलमा
समाधान संवाददाता
२०७७ भदौ २५ गते १२:४९

एजेन्सी
पहिलाे सेटमा पराजय भाेगे पनि उत्कृष्ठ कमब्याक गर्दै अमेरिकी टेनिस स्टार सेरेना विलियम्स युएस अाेपनकाे सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
युएस अाेपनकाे ६ पटककी विजेता ३८ वर्षे सेरेनाले ३२ वर्षकी बुल्गेरियन खेलाडी स्वेताना पिरोन्कोभालाई पराजित गरेर अन्तिम चारमा स्थान बनाएकी हुन् ।
कीर्तिमानसँग बराबरी गर्ने २४ औँ ग्राण्डसलाम उपाधि जित्ने होडमा रहेकी सेरेना पहिलो सेटमा ४–६ ले पछि परे पनि त्यसपछिका दुई सेटमा ६–३ र ६–२ को जित निकाली पिरोन्कोभालाई पराजित गर्न सफल भएकी हुन् ।
सेरेनाले सेमिफाइनलमा पूर्व विश्व नम्बर एक भिक्टोरिया अजारेन्का वा एलिज मर्टेन्ससँग प्रतिस्पर्धा गर्ने छिन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया