ढोरपाटन बाढी प्रभावितलाई अर्थिक सहयोग

समाधान संवाददाता २०७७ भदौ २६ गते ६:१५

पोखरा

लायन्स क्लब अफ पोखरा अन्नपूर्णले बागलुङका ढोरपाटन नगरपालिकाका बाढी पीडितको सहयोगका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

उक्त रकम बराबरको चेक लायन्स क्लब इन्टरनेसनल ३२५ बी १ डिस्ट्रिक पिराओ इनचिफ राम बसेल र बाढीपीडित उद्धार गण्डकीका संयोजक डिपार्टमेन्ट कोचिफ प्रेमबहादुर जिसीलाई लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष डा.गोपीलाल श्रेष्ठले हस्तान्तरण गरे ।

Advertisement

सोही अवसरमा रामघाट धार्मिक सेवा समितिलाई पनि राम बसेलले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद बास्तोलालाई डस्टबिन तथा सरसफाइका सामान हस्तान्तरण गरे ।

बसेलले लायन्स क्लब अफ पोखरा अन्नपूर्ण यस्तो विषम परिस्थितिमा पनि बाढी पीडितका लागि ठूलो रकम सहयोग गरेकोमा धन्यवाद दिए ।

Advertisement

ढोरपाटन बाढी पीडित उद्धार गण्डकीका संयोजक प्रेमबहादुर जिसी जस्तोसुकै संकटमा अन्नपूर्णले समाजसेवामा सधै अगाडि बढेको बताए । क्लस्टर प्रमुख लक्ष्मी बरालले मन्दिरमा बाढी पीडितका लागि सहयोगको प्रशंसा गरिन्।

कार्यक्रममा स्वागत कार्यक्रम संयोजक गणेश छविले गरे । क्लबका अध्यक्ष डा.गोपीलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यकारी सचिव श्यामप्रसाद साखीले गरेका थिए ।

तपाईको प्रतिक्रिया