भद्रकालीमा शिक्षण सिकाइबारे छलफल

समाधान संवाददाता २०७७ भदौ २६ गते ६:२०

समाधान संवाददाता
पोखरा

भद्रकाली माध्यमिक विद्यालयका शिक्षकका लागि कोभिड कहरमा सिकाइका ‘चुनौती र अवसर’ शीर्षकमा भर्चुअल छलफल कार्यक््रmम भएको छ ।

कार्यक्रममा पूर्व शिक्षा सचिव तथा वर्तमान उपराष्ट्रपति कार्यलयका सचिव खगराज बरालले सिकाइ समग्र व्यवहार परिवर्तन हो भन्दै सिकाइ जन्मजात नभएको बताए ।

Advertisement

विद्यार्थीलाई पढाउने कि सिकाउने, कोरोना भाइरसले शिक्षा क्षेत्रमा ल्याएका चुनौतीहरु, यो विपत्तलाई व्यवस्थापन गर्ने उपायहरुका साथ अवसरका बारेमा उनले धारणा राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक घनश्याम रिजालले स्वागत मन्तव्य राखेको कार्यक्रम सहप्रधानाध्यापक राजेन्द्र भण्डारीले सञ्चालन गरेका थिए । कार्यक्रममा ४५ जना शिक्षक सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया