गण्डकी प्रदेशसहित मुलुकभर चट्याङसहित वर्षा

समाधान संवाददाता २०७७ भदौ २६ गते ६:४२

काठमाडौं

गण्डकी प्रदेशसहित देशभर शुक्रबार दिउँसोको मौसममा सामान्यतया देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम बदलीका कारण केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

Advertisement

प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

शुक्रबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

Advertisement

प्रदेश १ ,बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

अहिले बिहानी पख गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ । देशभर सामान्य देखि पूर्ण बदली भई केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेकाे छ ।

हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ तथा पश्चिम बंगालमा न्यून चापीय क्षेत्र अवस्थित रहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया