कोरोनाबारे भ्रम छर्ने २ जना पोखराबाट पक्राउ

समाधान संवाददाता, पोखरा
सामाजिक सञ्जाल मार्फत कोभिड–१९ को पिसिआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका ७ घर भई हाल कास्की पोखरा महानगरपालिका ५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका ४ घर भई कास्की पोखरा महानगरपालिका ९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल रहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
रिमाललाई बुधबार तथा लम्साललाई बिहीबार आ–आफ्नै घर ठेगानाबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिड–१९ पिसिआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू २ जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी झुट्टा अफवाह फैलाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरु विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता हमालले बताए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया