थप १४५४ जनामा कोरोना, ५ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ भदौ २६ गते १७:०८

समाधान संवाददाता

Advertisement

नेपालमा थप १४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घन्टामा थप ९ सय ७२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३६ हजार ६७२ उपचारपछि निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ छ। ८ हजार २९१ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ६३४ होम आइसोलेसनमा छन्।

५ संक्रमितको मृत्यु

Advertisement

नेपालमा एकै दिन थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। ५ जिल्लाका १ महिला र ४ पुरुष गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मोरङमा ४० वर्षीया महिला, महोत्तरीमा ६५, धनुषामा ४५, काठमाडौंमा ७० र नवलपरासीमा ५५ वर्षीय पुरुष गरी ५ जनाको मृत्यु भएको प्रवक्ता डा गौतमले बताए।

तपाईको प्रतिक्रिया