नेकपाले महाधिवेशन ताेक्याे, चैत २५–३० मा हुने

समाधान संवाददाता २०७७ भदौ २६ गते १७:३०

समाधान संवाददाता, काठमाण्डाैं ।

विभाजनकाे मुखैमा पुगेर जाेगिएकाे सत्तारुढ दल नेकपाले महाधिवेशनकाे मिति ताेकेकाे छ ।

आज राजधानीमा बसेकाे स्थायी कमिटी बैठकले आगामी चैत्र महिनाकाे २५ देखि ३० गतेसम्म पार्टीकाे महाधिवेशन गर्ने निर्णय गरेकाे हाे । याेसँगै नेकपा भित्रकाे विवादकाे टुङ्गाे लागेकाे छ ।

Advertisement

स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयको प्रस्ताव पेश भएको थियो ।

Advertisement

अब पार्टीलाई विधि र पद्धतीमा अगाडि बढाउने र सरकार पार्टीको मागर्दशनमा चल्ने निर्णय पनि बैठकमा भएकाे छ। सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय लिइनेछ ।

महाधिवेशन कै तयारीका लागि आगामी कार्तिकमा केन्द्रिय कार्य समितिकाे बैठक बाेलाउने निर्णय पनि स्थायी कमिटीले गरेकाे छ ।

तपाईको प्रतिक्रिया