पाेखरामा १० सहित प्रदेशमा ४५ संक्रमित थपिए
समाधान संवाददाता
२०७७ भदौ २७ गते ११:२३

पाेखरा
पाेखरा महानगरका ५ वटा वडामा १० सहित गण्डकी प्रदेशमा ४५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
प्रदेश स्वास्थ्य निर्देशसनालयका अनुसार पाेखरामा १०, गाेरखामा १ र नवलपुरमा ३४ जनामा काेराेना शनिबार बिहान काेराेना पुष्टि भएकाे हाे ।
पाेखरा महानगर ३ की ३० वर्षे महिला, ५ की ४५ वर्षे महिला, २८ का ४८ वर्षे पुरुष, ७ का २७ र २८ वर्षे पुरुष, १६ का ३४, १६, १८, २१ र १८ वर्षे पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
गाेरखाकाे आरुघाटकी ३१ वर्षे महिलामा पनि काेराेना पुष्टि भएकाे छ ।
नवलपुरकाे देवचुलीका ३४ जनामा पनि काेराेना देखिएकाे छ ।
शनिबार बिहान पुष्टि भएका सबैजना कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पहिचान भएकाे निर्देशनालयले जनाएकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया