पाेखरामा १० सहित प्रदेशमा ४५ संक्रमित थपिए
समाधान संवाददाता
२०७७ भदौ २७ गते ११:२३

पाेखरा
पाेखरा महानगरका ५ वटा वडामा १० सहित गण्डकी प्रदेशमा ४५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
प्रदेश स्वास्थ्य निर्देशसनालयका अनुसार पाेखरामा १०, गाेरखामा १ र नवलपुरमा ३४ जनामा काेराेना शनिबार बिहान काेराेना पुष्टि भएकाे हाे ।
पाेखरा महानगर ३ की ३० वर्षे महिला, ५ की ४५ वर्षे महिला, २८ का ४८ वर्षे पुरुष, ७ का २७ र २८ वर्षे पुरुष, १६ का ३४, १६, १८, २१ र १८ वर्षे पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
गाेरखाकाे आरुघाटकी ३१ वर्षे महिलामा पनि काेराेना पुष्टि भएकाे छ ।
नवलपुरकाे देवचुलीका ३४ जनामा पनि काेराेना देखिएकाे छ ।
शनिबार बिहान पुष्टि भएका सबैजना कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पहिचान भएकाे निर्देशनालयले जनाएकाे छ ।
सम्बन्धित








‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया