पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्धारित समयमै सम्पन्न हुने

समाधान संवाददाता, पाेखरा ।
पोेखरामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल निर्धारित समयभित्रै सम्पन्न हुने भएको छ । कोरोना महामारीका कारण प्रायजसो सबै आयोजनाहरुको काम अवरुद्ध भएपनि पोखरा विमानस्थल निर्माणको ठेक्का पाएको चिनिया कम्पनी सिएमसीले तोकिएकै समय सिमा भित्र काम सम्पन्न गर्ने बताएको हो ।
विमानस्थल निर्माण कार्यको अनुगमन गर्न पोखरा आएका सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई चिनिया पक्षले यस्तो विश्वास दिलाएको हो । ठेकेदारले आत्मविश्वासका साथ निर्धारित समयमै एअरपोर्ट नागरिक उड्डयन प्राधिकरणलाई बुझाउछौं भनेपछि मन्त्री भट्टराई खुशी हुँदै काठमाण्डौं फर्केका छन् ।
शुक्रबार भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यको अनुगमन गरेका मन्त्री भट्टराई शनिबार दिउसो पोखरा आएका हुन । निर्माण कार्यको निरीक्षण गरेपछि उनले ब्रिफिङ लिएका थिए ।
लगत्तै पत्रकारसँग बोल्दै मन्त्री भट्टराईले निर्धारित समय भित्रै आयोजना सम्पन्न हुने जानकारी गराए । ‘कोरोना महामारी नआएको भए ६ महिना अघि नै सम्पन्न हुने थियो’ मन्त्री भट्टराईले भने ‘तर पनि निर्धारित समयमै सक्ने गरी काम भएको रहेछ । यो विमानस्थल २०२१ को जुन भित्रै सम्पन्न हुन्छ ।’
उनले आयोजनालाई आवश्यक सबै सहयोग गर्न सरकार तयार रहेको बताए । ‘चिनिया कामदार ल्याउनका लागि आयोजना आफै लागेको छ, थप सहयोग आवश्यक गरे सरकार तयार छ ।’ भट्टराईले भने ।
लकडाउनका बेलामा पनि विमानस्थल निर्माण कार्य जारी छ । निर्माण सामाग्रीको अभावका कारण गति सुस्त भएपनि अब दु्रत गतिमै काम अघि बढाउने आयोजनाले जनाएको छ ।
तस्विर–विमानस्थल निरीक्षण गर्दै मन्त्री भट्टराई








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया