नेपाली विभागमा साहित्यको हेतुबारे छलफल

समाधान संवाददाता २०७७ भदौ २७ गते १८:३८

पाेखरा

पृथ्वीनारायण क्याम्पस नेपाली विभागले शनिबार ‘साहित्य हेतु, परिवेशगत यथार्थता र नूतन आधारहरु’ विषयमा छलफल भएको छ ।

विभागले गरेको गोष्ठीमा पृथ्वीनारायण क्याम्पस नेपाली विभागका उपप्राध्यापक यादवराज उपाध्यायले उक्त शीर्षकको छलफलपत्र प्रस्तुत गरे ।

Advertisement

छलफलपत्रमा साहित्यका प्राचीन हेतु भनेका प्रतिभा, व्युत्पत्ति र अभ्यास हुन् भने नयाँ आधारहरु ती भन्दा भिन्न खालका छन् भनेर सविस्तार चर्चा गरेका थिए । टिप्पणीकर्ता डा.लक्ष्मीशरण अधिकारी र डा.जगन्नाथ रेग्मीले छलफलपत्रका सबल र दुर्वलपक्षबारे आआप्mना धारणा राखेका थिए ।

छलफलमा डा.भूमिराज बस्ताकोटी, डा. यमनाथ तिमिल्सिना, आनन्दमणि रिजाल, बोधराज ढकाल, परशुराम कोइराला, सरज पौडेल, प्राडा यदुनन्दन उपाध्याय, श्रीधर न्यौपाने, पुण्यप्रसाद शर्माले आआफ्ना धारणा राखेका थिए । बिहान ११ बजेदेखि दिउसो २ः३० बजेसम्म सञ्चालित यस गोष्ठीमा पृथ्वीनारायण क्याम्पसका पोखराका क्याम्पस प्रमुख प्राडा सरोज कोइराला र पूर्व विभागीय प्रमुख प्राडा भवानी पाण्डेको सहभागिता थियो ।

Advertisement

विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उद्घोषण डा.पुण्यप्रसाद शर्माले गरेका थिए भने गिरबहादुर खड्काले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

नारायण न्यौपाने र श्रीधर न्यौपानेले प्रतिवेदकको जिम्मेवारी लिएका थिए । प्राज्ञिक गतिविधि गर्ने क्रममा पृथ्वीनारायण क्याम्पसको यस नेपाली विभागले यही आर्थिक वर्षको आरम्भदेखि आयोजना गरेका गोष्ठीमध्ये यो गोष्ठी पाँचौं हो ।

तपाईको प्रतिक्रिया