कोरोनामुक्त पुष्टि गर्न नमुना स्वाब संकलन

समाधान संवाददाता २०७७ भदौ २७ गते १८:४२

सुन्दरकुमार थकाली
जोमसोम

कोरोनामुक्त भनिएको मुस्ताङमा शनिबार नमुना स्वाब संकलन भएको छ । मुस्ताङ जिल्ला अस्पताल जोमसोम र लेते प्राथमिक स्वास्थ्य चौकीले सदरमुकाम जोमसोम र म्याग्दी र मुस्ताङको सिमाना घाँसामा अलग—अलग नमुना स्वाब संकलन गरेको छ ।


मुस्ताङमा २ महिनाअघि एक ८६ वर्षीय पुरुषले कोरोना जितेयता नयाँ संक्रमित भेटिएका छैनन्

Advertisement

जिल्ला अस्पताल जोमसोमको पहलमा स्थानीय तहको स्वास्थ्य शाखा, प्रशासन र सुरक्षाकर्मीको समन्वयमा ५२ जनाको नमुना स्वाब संकलन भएको अस्पतालका निमित्त मेसु शिव भण्डारीले जानकारी दिए ।

मुस्ताङको थासाङ—४ घाँसामा १५ जनाको नमुना स्वाब संकलन भएको वडाध्यक्ष विशाल शेरचनले बताए । योसँगै मुस्ताङमा करिब ६७ जना व्यक्तिको स्वाब संकलन भएको हो ।संकलित स्वाब शनिबारै पोखरा पठाएको अस्पतालले जनाएको छ ।

Advertisement

मुस्ताङमा २ महिनाअघि एक ८६ वर्षीय पुरुषले कोरोना जितेपछि जिल्ला कोरोनामुक्त भएको थियो । बर्खायामको बाढी ÷पहिरो र नदी कटानका कारण बेनी—जोमसोम सडक अवरुद्ध भएपछि स्वाब संकलन गर्न कठिन परेको थियो । सडक अवरुद्ध तथा हवाई सेवा पनि ६ महिनादेखि ठप्पै भएकाले स्वाब प्रयोगशालामा पठाउन समस्या परेको थियो । यसअघि मुस्ताङ प्रवेश गर्ने व्यक्तिलाई म्याग्दी र मुस्ताङ प्रवेशद्वार घासामा आरडिटी जाँचका आधारमा पोजेटिभ देखिए स्वाब पोखरा पठाइने गरिएको थियो ।

यसपटक सरकारले आरडिटी विस्थापन गरेको र अवरुद्ध सडक सञ्चालनमा आएकाले जिल्लाको घरपझोङ र थासाङमा झन्डै ६० दिनको फेरोमा नमुना स्वाब संकलन भएको हो । मुस्ताङमा यो समय कर्मचारीहरुको सरुवा ÷बढुवाले आउजाउ बढेको र व्यापारीहरुको आवागमन बढेसँगै जिल्ला अस्पतालले स्वाब संकलन गरेको हो ।

अस्पतालका मेसु भण्डारीले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य निर्देशानालयले मुस्ताङ ग्रिनजोन कायम भएकाले अघिल्लो महिनामा कम्तीमा ५० जनाको स्वाब नमुना पठाउन निर्देशन गरेको थियो । जसका कारण अस्पतालले मुस्ताङ आएका व्यापारी, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, सञ्चारकर्मी, सुरक्षाकर्मी र जोमसोमका विभिन्न पसलका व्यवसायी लगायतको स्वाब संकलन गरेको मेसु भण्डारीले स्पष्ट पारे ।

ग्रिनजोन मुस्ताङलाई पुष्टि गर्न संकलित स्वाब नमुनाले योगदान पु¥याउने घरपझोङका स्वास्थ्य संयोजक कर्ण थकालीले बताए । उनले कोरोना परीक्षण बिनै मुस्ताङलाई ग्रिनजोन भनिएको हो कि भन्ने आशंकालाई तथ्यमा रुपान्तरण गर्न सहयोग पु¥याउने उल्लेख गरे । ‘कर्मचारी र व्यापारीको फलो बढ्यो, सामान्य चेकजाच बाहेक भएको थिएन,’ उनले भने, ‘कोरोना लक्षण समेत कसैको देखिएको छैन, तैपनि स्वाब नमुना संकलन गरेका छौं ।’

संयोजक थकालीले संकलित स्वाब नमुना सबैको नेगेटिभ आएपछि मुस्ताङ ग्रिनजोनमै छ भन्ने बाटो खुल्ने बताए । मुस्ताङ आउने व्यक्तिलाई स्थानीय तहकै निगरानीमा अनिवार्य १४ दिन क्वारेन्टिन बस्नु पर्ने, सामाजिक दुरी कायम र स्वास्थ्य सामाग्रीको उपयोग गर्न सुझाइएकाले मुस्ताङमा अहिलेसम्मभ कोरोना लक्षण भएका व्यक्ति फेला नपरेको संयोजक थकालीको भनाइ छ ।

तपाईको प्रतिक्रिया