ओशाका बनिन् यु्एस ओपन ओपन च्याम्पियन

समाधान संवाददाता २०७७ भदौ २८ गते ७:४९

एजेन्सी, अमेरिका ।

जापानकी टेनिस स्टार नाओमी ओशाकाले अमेरिमा सम्पन्न युएस ओपनको उपाधी जितेकी छन् । युएस ओपनको उनको यो दोश्रो उपाधी हो ।

आज विहान सम्पन्न फाइनल खेलमा ओशाकाले भिक्टोरिया अजारेन्कालाई पराजित गरेकी हुन् ।

Advertisement

पहिलो सेट ६–१ स्कोरमा लज्जाजनक ढंगले गुमाएक्ी ओशाकाले त्यसपछिका दुवै सेटमा शानदार प्रदर्शन गर्दै उपाधी कब्जा गरिन् । उनले पछिल्ला दुवै सेट ६–३ र ६–३ अंकले जितिन् ।

यसअघि २०१८ मा अमेरिकाकी सेरेना विलियम्सलाई पराजित गर्दै ओशकाले पहिलो उपाधी जितेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया