पाेखरामा थपिए ४ संक्रमित

समाधान संवाददाता २०७७ भदौ २८ गते ९:५८

पाेखरा

पाेखरामा काेरानाबाट थप ४ जना संक्रमित भएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा पाेखरमा थप ४ जनामा काेराेना पुष्टि भएकाे हाे ।

Advertisement

सबैजना पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको फिभर क्लिनिकमा परीक्षणक लागि आएका व्यक्ति हुन् ।

पाेखरा महानगर ६ का ४६ वर्षे पुरुष, ५ की ३७ वर्षे महिला, २७ की २१ वर्षे महिला र वडा नम्बर १ की ५० वर्षे महिलामा आइतबार बिहान काेराेना पुष्टि भएकाे हाे ।

Advertisement

यसअघि आइतबार नै लमजुङका १६ आर्मीसहित गण्डकीमा ३२ जनामा काेराेना पुष्टि भएकाे थियाे ।

याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ३९ पुगेको छ | हालसम्म प्रदेशमा काेराेनाका कारण २४ जनाकाे मृत्यु भएकाे छ ।

तपाईको प्रतिक्रिया