गण्डकीमा आज बिहानमात्रै थपिए ६५ संक्रमित
समाधान संवाददाता
२०७७ भदौ २८ गते १०:१२

पाेखरा
गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ३ हजार नजिक पुगेकाे छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयकाे आइतबार बिहान १० बजेकाे बुलेटिन अनुसार २ हजार ९ सय ६८ जनामा हालसम्म काेराेना पुष्टि भएकाे छ ।
पछिल्लाे बुलेटिनका अनुसार थप २९ जनामा काेरना पुष्टि भएकाे छ । याे आइतबारकाे तेस्राे बुलेटिन हाे । लमजुङकाे सुन्दरबजारका १० जना, नवलपुरकाे विनयी त्रिवेणीमा ६ जना, तनहुँकाे ब्यासमा १ र म्याग्देमा ४ जना, स्याङ्जाकाे गल्याङमा १ जना र गाेरखाकाे गाेरखा नगरपालिका र भीमसेन गाउँपालिकामा ७ जना गरी २९ जनामा काेराेना पुष्टि भएकाे हाे ।
उनीहरु सबै कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् ।आइतबार मात्रै ६५ जनामा काेराेना पुष्टि भएकाे छ ।
गण्डकीमा हालसम्म २४ जनाकाे काेराेनाका काेरण मृत्यु भएकाे छ ।

सम्बन्धित








पर्यटनमा साझेदारी बढाउँदै पोखरा–ढोरपाटन ‘टुर’ सम्पन्न
हिमालय क्रिकेट एकेडेमी कपमा नवीन र डायमण्ड विजयी
घुमाउने पुलमा मन्त्री घिसिङको अल्टिमेटम : एक महिनाभित्र काम नथाले ठेक्का तोड्ने चेतावनी
सिलिंगे कृषि सहकारीको अध्यक्षमा ठाकुरप्रसाद दोहोरिए
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया