गण्डकीमा आज बिहानमात्रै थपिए ६५ संक्रमित

समाधान संवाददाता २०७७ भदौ २८ गते १०:१२

पाेखरा

गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ३ हजार नजिक पुगेकाे छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयकाे आइतबार बिहान १० बजेकाे बुलेटिन अनुसार २ हजार ९ सय ६८ जनामा हालसम्म काेराेना पुष्टि भएकाे छ ।

Advertisement

पछिल्लाे बुलेटिनका अनुसार थप २९ जनामा काेरना पुष्टि भएकाे छ । याे आइतबारकाे तेस्राे बुलेटिन हाे । लमजुङकाे सुन्दरबजारका १० जना, नवलपुरकाे विनयी त्रिवेणीमा ६ जना, तनहुँकाे ब्यासमा १ र म्याग्देमा ४ जना, स्याङ्जाकाे गल्याङमा १ जना र गाेरखाकाे गाेरखा नगरपालिका र भीमसेन गाउँपालिकामा ७ जना गरी २९ जनामा काेराेना पुष्टि भएकाे हाे ।

उनीहरु सबै कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् ।आइतबार मात्रै ६५ जनामा काेराेना पुष्टि भएकाे छ ।

Advertisement

गण्डकीमा हालसम्म २४ जनाकाे काेराेनाका काेरण मृत्यु भएकाे छ ।

तपाईको प्रतिक्रिया