सिन्धुपाल्चाेक पहिराेमा हराएकामध्ये ७ जनाकाे शव भेटियाे

समाधान संवाददाता २०७७ भदौ २८ गते १२:०३

पाेखरा

सिन्धुपाल्चोकको बाह्रविसेमाका ३ गाउँमा पहिरो जाँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

अहिलेसम्म ७ जनाको शव फेला परेको अरु २४ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

Advertisement

बाह्रविसे नगरपालिका–७ को भिरखर्क, नागपूजे र नेवा टोलमा पहिरो गएको हो ।

सबैभन्दा बढी क्षति भएको नागपूजेमा पहिरोका कारण ज्यान गुमाएका दुईजनाको शव फेला परेको छ । ९८ वर्षकी टासी शेर्पा र वर्ष ६२–६३ की भक्तिमाया श्रेष्ठको शव भेटिएको हो । त्यहाँ ७ घरमा क्षति हुँदा १८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी सापकोटाले जानकारी दिए ।

Advertisement

यस्तै भिरखर्कमा आइतबार बिहान चारबजे तिर गएको पहिरोमा परेर २३ वर्षकी जुनु बिक, २४ वर्षका सुकलाल बिक र सन्देश बिकको ज्यान गएको छ । त्यहाँका २ घर बगाउँदा अझै ४ जना बेपत्ता भएको डिएसपी सापकोटाले जानकारी दिए ।

यसैगरी नेवा टोलकी ६० वर्षे सर्किनी नेवार र ६५ वर्षका धनलाल नेवारको शव फेला परेको छ । त्यहाँका २ घर पहिरोले बगाउँदा अरु २ जना बेपत्ता छन् ।

तपाईको प्रतिक्रिया