थप १०३९ जनामा कोरोना, ९ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ भदौ २८ गते १७:२०

समाधान संवाददाता

नेपालमा थप १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ११७३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। योसहित नेपालमा हालसम्म ३८ हजार ६९७ उपचारपछि निको भएका छन्।

Advertisement

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ छ।

९ संक्रमितको मृत्यु

Advertisement

नेपालमा एकैदिन ९ कोरोना संक्रमितको मृत्यु भएको छ। ४ जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा मात्र ६५ वर्षीया २ जना महिला, ५९, ७०, ६४ र ५९ वर्षीय पुरुषको मृत्यु भएको छ। मोरङमा ६९, सिन्धुपाल्चोकमा ५९ वर्षीय पुरुष र कास्कीमा ४५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ४५ पुगेको छ।

तपाईको प्रतिक्रिया