अब कोरोना परीक्षण शुल्क २ हजार मात्रै

समाधान संवाददाता
सरकारले कोरोना परीक्षणको शुल्क घटाएर अधिकतम २ हजार कायम गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अन्तराष्ट्रिय र राष्ट्रिय बजारमा पिसिआर परीक्षणका किट तथा अन्य सामग्रीको मुल्य सस्तो भएसँगै नेपालमा पनि सहज र सस्तो मुल्यमा पाउन थालेपछि परीक्षण शुल्क घटाइएको जानकारी दिए।
सुरुमा सरकार ५ हजार ५ सय परीक्षण शुल्क लिनेगरी तय गरेकोमा केही दिनअघि मात्रै ४ हजार ४०० शुल्क तय गरेको थियो । अहिले देशभरमा ४७ प्रयोगशालाले कोरोना परीक्षण गर्दै आएका छन् । बजारमा रिएजेन्टको शुल्क घटेसँगै केही अस्पतालहरुले सस्तो शुल्कमै परीक्षण गर्ने घोषणा गरेपछि सरकारलाई शुल्क घटाउन दबाब परेको हो ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाभित्र नपर्ने, जसलाई आफ्नो व्यक्तिगत कामको लागि पिसिआर गराउनुपर्ने छ, उनीहरुले शुल्क तिरेर परीक्षण गराउन सक्छन्। कन्ट्याक्ट ट्रेसिङमा परेका, फ्रन्टलाइनमा काम गर्नेहरु, स्वास्थ्यकर्मी लगायतको भने निःशुल्क परीक्षण हुने गर्छ।
तपाईको प्रतिक्रिया