एकैदिन ३५ जना पक्राउ

समाधान संवाददाता
तनहुँ, २८ भदौ
जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार ३५ जनालाई पक्राउ गरेको छ । जिल्ला अदालतबाट सजाय फैसला भए पनि कारवाही नभोगेका ती व्यक्ति आइतबार पक्राउ परेका हुन् ।
बहुविवाह, ठगी, नागरिकता किर्ते लगायत मुद्दामा दोषी ठहर भई फरार भएकालाई पक्राउ गर्न सफल भएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले जानकारी दिए ।
अदालतले उनीहरुलाई २ सयदेखि २ लाख रुपैयाँसम्म जरिवाना तोकेको थियो । फरार १ जना भने बहुविवाह मुद्दामा पाँच हजार रुपैयाँ जरिवानासहित १ वर्ष ३ महिना कैद सजाय फैसला भएका छन् ।
उनीहरुलाई अदालत पेश गरिएकामा अधिकांश जरिवाना भुक्तान गरेर गएको र बहु विवाहको सजायमा १ व्यक्ति कारागार चलान भएको एसपी पौडेलले बताए । उनीहरूबाट ४ लाख बढी जरिवाना अदालतले संकलन गरेको छ ।
तनहुँ प्रहरीले केही समययता अदालतको पुरानो फैसला कार्यान्वयनमा जोड दिइरहेको छ। तर फरार भएकालाई एकैपटक ठूलो संख्यामा नियन्त्रणमा लिइएको भने यो पहिलो घटना हो ।
एसपी पौडेलले अपराध गर्नेको मनोबल यस घटनाले गिराउने दाबी गरे । ‘हाम्रो कारवाही शुरु भएपछि कति आफैं अदालत पुगेर सजाय भुक्तान गर्न थालेका छन्,’ उनले भने, ‘जति नै सानो र पुरानो सजाय भए पनि भुक्तान गर्नैपर्छ भन्ने सन्देश दिन सफल भएका छौं।’









ध्रुव माविको वार्षिकोत्सव
जल्धारे सहकारीको स्थापना दिवसमा २६ जना डाक्टर सम्मानित
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया