करेसाबारी नभएकालाई मल बनाउने बाल्टी

सुशील सुवेदी
वालिङ, २९ भदौ
नगरभित्र घर भएका तर करेसाबारी नभएका घरधुरीलाई पुतलीबजार नगरपालिकाले नौलो कार्यक्रम थालेको छ । घरको भन्सा कोठामा दैनिक निस्किने फोहोर व्यवस्थापन गर्न पुतलीबजार नगरपालिकाले झोल मल बनाउने बाल्टिन वितरण गरेको हो । यो मल उत्पादन भएसँगै करेसाबारी नभएका घरधुरीको कौसीमा करेसाबारी बन्न थालेको छ ।
बजार क्षेत्रमा घर भएका तर फोहोर फाल्ने जग्गा नभएका घरधुरीलाइ पहिचान गर्दै नगरपालिकाले कम्पोस्ट मल बनाउन मिल्ने हरियो बाल्टी वितरण गरेसँगै नगरवासीले फोहोरलाइ मोहोरमा परिवर्तन गर्न थालेका छन् ।
एक टोल एक नर्सरी र एक घर एक करेसाबारी कार्यक्रम अन्तर्गत यो अभियान सुरु गरिएको नगरप्रमुख सीमाकुमारी क्षेत्रीले बताइन् । ‘घर छ तर फोहोर फाल्ने जग्गा छैन त्यस्ता घरधुरीको लगत संकलन गरेका छौं । पहिचान भएका यस्ता नगरबासीलाई घरमै मल बनाउने र कौसीमा तरकारी खेती गर्न प्रशिक्षण पनि दिएका छौं,’ क्षेत्रीले बताइन् ।
५० प्रतिशत अनुदानमा नगरले कम्पोस्ट मल बनाउन मिल्ने बाल्टी वितरण गरेको हो । पुतलीबजार नगरपालिकाका १, ३ र १० नं. वडाहरुमा रहेका १ सय ५० घरधुरीलाई झोल मल बनाउने प्रशीक्षणसहित बाल्टिन वितरण गरिएको छ । लकडाउनको समयमा घरमै अर्गानिक तरकारी उत्पादन गर्न थालिएको कृषकको भनाइ छ ।
लकडाउनको कारण तरकारीको महँगी बढेको बताउँदै पुवनपा ३ कि इन्द्राकुमारी सिंह भन्छिन्,‘एकातिर फोहोर व्यवस्थापन हुने अर्कोतिर घरमै फलेको तरकारी सेवन गर्न पाइने । नगरको यो अभियान प्रशंसनीय छ ।’ बाल्टिन वितरण गरिएसँगै कौसीमा ताजा तरकारी र फलफूल खेती गर्न ऊर्जा मिलेको सिँह बताउँछिन् ।
कम्पोस्ट (झोल) मल बनाउने तरिका सिकाउन उद्यम चौतारीका सञ्चालक ऋषिराम पौडेलले सहजीकरण गरेका थिए । पौडेलले भान्सा कोठाबाट निस्कने फोहोरबाट झोल मल बनाउन सकिने जानकारी दिँदै गृहणी महिलाहरुले मल बनाएर करेसाबारीबाट फाइदा लिन सक्ने बताए ।
कम्पोस्ट मल बनाउने हरियो बाल्टी वितरण प्रभावकारी भएमा अन्य वडाका किसानहरुलाई पनि यो विधि अवलम्बन गराइने नगरपालिकाले जनाएको छ । यो अभियानले नगरलाई सरसफाई मात्रै होइन कौसीमा तरकारी खेतीको आकर्षण पनि बढाएको छ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया