सर्वेक्षण भन्छ – मिथ्या सूचनाको मुख्य स्रोत युट्युब, फेसबुक र ट्विटर

काठमाडौं, रासस
नेपालका अधिकांश इन्टरनेट प्रयोगकर्ताले युट्युब, फेसबुक र ट्विटरबाट मिथ्या सूचना प्राप्त गर्ने गरेको देखिएको छ ।
सेन्टर फर मिडिया रिसर्च नेपालको सर्वेक्षणले सहभागीमध्ये ९५.५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले विशेषगरी युट्युब, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा मिथ्या सूचना हुने गरेको बताएका हुन् । सेन्टरले सन् २०१९ को नोभेम्बरमा गरेको नेपाल ट्विटर प्रयोगकर्ता सर्वेक्षण २०१९ मा सहभागी प्रयोगकर्ताको जवाफले यो अवस्था देखाएको हो ।
सेन्टरका अध्यक्ष ऋषिकेश दाहालले आम नागरिकलाई मिथ्या र सही सूचना छुट्याउन सहयोगी हुने किसिमको प्रभावकारी र बहुआयामिक योजना निर्माणका लागि सम्बन्धित सरोकारवालाले ढिलो गर्न नहुने बताए ।
सर्वेक्षणमा सहभागीमध्ये ९५.५ प्रतिशतले बितेको एक साताको अवधिमा इन्टरनेट प्रयोग गर्दा मिथ्या सूचना भेटेको बताएका थिए । युट्युब चलाउनेहरूले आफ्नो च्यानल बढी चलाएर पैसा कमाउन पनि विषयलाई बढाई–चढाई गर्ने र मिथ्या सूचनासमेत दिने गरेका छन् ।
दुई तिहाइभन्दा धेरैले फेसबुकबाट र आधाभन्दा बढीले ट्विटरबाट मिथ्या सूचना प्राप्त गरेको बताएका छन् । सत्र प्रतिशतले भने अन्य वेबसाइटबाट र एकदमै थोरैले पत्रपत्रिकाबाट मिथ्या सूचना प्राप्त गरेको बताएका छन् ।
पछिल्ला २ वर्षमा भएका सर्वेक्षणले मिडियाको विश्वसनीयता ९० प्रतिशतभन्दा बढी देखाएको छ । मिडिया अनुसन्धानकर्ता तीलक पाठकले भूलसुधार गरिहाल्ने र क्षमायाचनासमेत माग्ने गरेका कारण पनि सर्वसाधारणले यी मिडियालाई बढी विश्वास गर्ने गरेको बताए ।
दुई तिहाइभन्दा बढी लगभग ७४ प्रतिशतले नेपाली समाज र राजनीतिका लागि मिथ्या सूचना समस्या भइसकेको बताए भने १२ प्रतिशतले यो भविष्यमा समस्याका रूपमा आउन सक्ने देखिएको छ ।
यसरी हेर्दा लगभग ९७ प्रतिशत उत्तरदाताहरूले मिथ्या सूचना हाम्रो समाजकका लागि समस्या उत्तरदातामध्ये ८७ प्रतिशतले इन्टरनेटमा आउने मिथ्या सूचनाले चिन्तित बनाएको र पाँच प्रतिशतले चिन्ता नलागेको बताएका थिए । उत्तरदातामध्ये धेरैले इन्टरनेटमा मिथ्या सूचनालाई न्यूनीकरण गर्न सरकार र मिडियाको प्रमुख भूमिका हुने र चालीस प्रतिशतले मिडियालाई र ३८ प्रतिशतले सरकारलाई सबैभन्दा बढी उत्तरदायी भएको बताए ।
एकभन्दा धेरै उत्तर दिन मिल्ने प्रश्नमा ३२ प्रतिशतले प्रयोगकर्तालाई र ३० प्रतिशलले सूचनाको माध्यम सबैभन्दा बढी उत्तरदायी हुनुपर्ने बताएका थिए भने नागरिक समाजलाई मिथ्या सूचना न्यूनीकरणमा सबैभन्दा बढी उत्तरदायी ठान्नेको संख्या २२.५ र अन्य सरोकारवालालाई नौ प्रतिशतले उत्तरदायी ठानेका थिए ।
सेन्टरका पूर्वअध्यक्ष भुवन केसीले आउँदो निर्वाचनहरूमा मात्रै नभएर नागरिकका राजनीतिक एवम् सामाजिक मुद्दाहरूलाई नै प्रभाव पार्न सक्ने मिथ्या सूचना नेपालको लोकतन्त्रका लागि नै ठूलो खतरा भएको बताए ।









पत्रकार र मिडियाको संख्या बराबर !
सम्पादकीय—गुरुङ संस्कृतिका धरोहरलाई श्रद्धासुमन
राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया