तनहुँ र गोरखाका २० जनामा कोरोना पुष्टि
समाधान संवाददाता
२०७७ भदौ २९ गते १०:१८

समाधान संवाददाता, पोखरा
तनहुँ र गोरखामा थप २० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा तनहुँका ११ र गोरखाका ९ जनामा कोरोना पुष्टि भएको हो ।
तनहुँका सबै संक्रमित रिसिङ गाउँपालिकाका हुन् । गोरखाका संक्रमितमध्ये ७ जना पालुङटार नगरपालिका र २ जना गोरखा नगरपालिकाका हुन् ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ११ पुगेको छ । तीमध्ये १८ सय ६१ जना निको भएका छन् भने २८ संक्रमितको मृत्यु भएको छ ।

सम्बन्धित
तपाईको प्रतिक्रिया