कास्कीमा ३४ सहित गण्डकीमा थप ४४ जनामा कोरोना

समाधान संवाददाता २०७७ भदौ २९ गते १३:२९

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ४ जिल्लाका ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

कास्कीमा ३४, तनहुँमा ६, लमजुङमा ३ र स्याङ्जामा १ जना थपिएका हुन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ । तीमध्ये १८ सय ६१ जना निको भएका छन् भने २९ संक्रमितको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा कास्कीका ९, नवलपुर र गोरखाका ५, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया