विकास योजना अनुगमनपछि सांसद बिष्टले भने ‘विकासको काम सन्तोषजनक पाइएन’

समाधान संवाददाता २०७७ भदौ २९ गते १८:१५

एसके थकाली
जोमसोम

Advertisement

गण्डकी प्रदेश सभा सदस्य सांसद इन्द्रधारा बिष्टले उपल्लो मुस्ताङमा भइरहेको संघ, प्रदेश र स्थानीय तहको विकास कार्ययोजना सन्तोषजनक नभएको बताएका छन् ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण केही फुर्सदिलो बनेका सांसद बिष्ट गत शुक्रबारदेखि आफू निर्वाचन क्षेत्रको विकास योजना अनुगमनमा व्यस्त छन् ।

सांसद बिष्ट उपल्लो मुस्ताङको प्रदेश क बाट निर्वाचित सांसद हुन् । शुक्रबारदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउपालिकामा भइरहेको विभिन्न विकास योजनाको सांसद विष्टले अनुगमन गरेका छन् ।

उनले माटोको सहर लोमान्थाङ गाउपालिका जोड्ने रिङरोड, न्यानोल—छोसेर जोडेने मोटर बाटो, राष्ट्रिय गौरवको आयोजना, छोसेरस्थित सीमा प्रहरी चौकी भवन, नेपाल विद्युत प्राधिकरणले विस्तार गर्दै गरेको राष्ट्रिय विद्युत प्रसारण लाइनको पोल तथा वायर जडानकार्यको उनले अनुमगन गरे । यसैगरी लोघेकर दामोदरकुण्डको दामोदरकुण्ड जोड्ने मोटर बाटो, ढाक्मर, घारगुम्बा, मराङ जोड्ने मोटर बाटो, लोमान्थाङको किमलिङमा बन्न लागेको खेलकुद पूर्वाधार र निर्वाचनक्षेत्रमा भइरहेको खानेपानी तथा सिँचाइ आयोजना लगायतको अनुमगन तथा निरीक्षणमा खटिएको जानकारी दिए ।

Advertisement

अनुमगनका क्रममा गण्डकी प्रदेशका सांसद बिष्टले आफू निर्वाचित क्षेत्रको विकास योजना सोचे अनुरुप सन्तोषजनक नपाइएको बताए । सांसद बिष्टले कोरोना कहरमा पनि विकास योजनाको काम भइरहेको र आयोजनाको काम गर्दा निर्माण कम्पनी, ठेकेदार, सरोकारवाला र सम्वन्धित कार्यालयका प्राविधिक तथा कर्मचारीले विकास योजनाको काममा गति दिन र गुणस्तरलाई ध्यानमा राखेर काम गर्न सुझाएका छन् ।

तपाईको प्रतिक्रिया