विश्व शान्ति स्तूप समितिमा उत्तममान बुद्धाचार्य

समाधान संवाददाता २०७७ भदौ ३० गते ६:२८

समाधान संवाददाता
पोखरा

विश्व शान्ति स्तूप समिति अध्यक्षमा उत्तममान बुद्धाचार्य चयन भएका छन् । समिति उपाध्यक्षमा अशोक गुरुङ, सचिवमा प्रकाशमान उदास, कोषाध्यक्षमा अशोकमान बुद्धाचार्य, सहसचिव चमबहादुर गुरुङ र सहकोषाध्यक्ष अनिलरत्न बुद्धाचार्य चयन भएका छन् ।

सदस्यमा खेमराज पौडेल, कृष्णमान गुभाजू, गोविन्द ताम्राकार, मनबहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ, राजकुमारी गुरुङ र जमुना गुरुङ चयन भए । प्रकाशमान गुभाजुको संयोजक र भुवनसिं गुरुङ र यमबहादुर गुरुङ सदस्य रहेको समितिले निर्वाचन गराएको हो । संयोजक प्रकाशमान गुभाजूले निर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई खादा लगाएर शुभकामना दिए ।

Advertisement

कार्यक्रममा निवर्तमान अध्यक्ष शंकर गुरुङले नयाँ कार्यसमितिलाई शुभकामनाका साथै आगामी कार्यकाल सफल पार्न सुझाव दिए । नवनिर्वाचित अध्यक्ष बुद्धाचार्यले स्तूपको विकासका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

यसअघि संस्थाको ११ औं वार्षिक साधारण सभा तथा पाँचौै अधिवेशन निवर्तमान अध्यक्ष एवं निर्वाचन संयोजक प्रकाशमान गुभाजूले उद्घाटन गरेका थिए । शंकर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उत्तममान बुद्धाचार्यले स्वागत मन्तव्य, सचिव अशोक गुरुङले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अशोकमान बुद्धाचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Advertisement

विसं २०३० भदौ २७ गते पूर्णिमाको दिन निप्पोनजान म्योहोजी जापानका संस्थापक फुजी गुरूजी अनगारिका गुरूमा धर्मशीला र पूर्व मन्त्री मीनबहादुर गुरुङले विश्व शान्ति स्तूपको शिलान्यास गरेका हुन् ।

तपाईको प्रतिक्रिया