कोरोना जोखिमबीच ताकममा मेला, प्रशासन बेखबर

समाधान संवाददाता २०७७ भदौ ३० गते ६:३५

राकेश शर्मा
म्याग्दी

Advertisement

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा कोरोनाको जोखिमको ख्याल नगरी ३ दिनसम्म खेलकुद प्रतियोगिता गरिएको छ । ताकममा रहेको विद्यालयको खेल मैदानमा नै खेलकुद प्रतियोगिता गरिएको हो । तर यो विषयमा भने जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई यो विषयमा कुनै पनि जानकारी छैन ।

नेपाल सरकारले लकडाउन खोले पनि भीडभाड नगर्न दिएको निर्देशन उल्लंघन गर्दै स्थानीय युवा क्लबले ताकम माविमा भीडभाडबीच खेलकुद गतिविधि सञ्चालन गरेको छ । क्लबले बाहिरी गाउँपालिकाबाट आउनेलाई सहभागी नगराउने तर धवलागिरी गाउँपालिका भित्रबाट सहभागिता जनाउने गरी ३ दिन सम्म मेला सञ्चालन गरेको छ ।

ताकममा ३ दिनसम्म मेला आयोजना हुँदा पनी जिल्लास्थित सरोकारावाला निकाय बेखबर बनेका जस्तै बनेका छन् । जिल्ला प्रहरी कार्यालय बेनीमा मास्क नलगाई हिड्ने सर्वसाधारणलाई थर्काउने, कारबाही गरेर सदरमुकाममा कडाई गरेको छ ।

तर ताकम प्रहरी चौकीको नजिकै आयोजित मेलामा प्रहरीसमेत मुकदर्शक बनेर बसेको थियो । स्थानीय धौलागिरी जनजन युवा क्लब अन्तरगत टोल नम्बर ५ ले भलिबल प्रतियोगिताको आयोजना गरे पनि क्लबको संस्थागत निर्णय नगरी मेला आयोजना भएको क्लबका २ सदस्यले जानकारी दिए । २÷३ दिनसम्म सञ्चालन गर्ने भनिए पनि प्रतिकुल मौसमका कारण मेला १ दिन लम्बाइएको थियो ।

Advertisement

प्रतियोगितामा प्रथम भएको टोल नम्ब ८ मच्छिमले बोका उपलब्ध गराइएको आयोजनकले जनाएको छ । यता प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले मेलाका बारेमा जानकारी नभएको बताएका छन् । ‘मेलाका बारेमा कुनै जानकारी छैन्, तत्काल बुझछु,’ प्रजिअ अधिकारीले भने ।

सदरमुकाम बेनी आसपासका क्षेत्रमा मास्क नलगाई हिड्नेलाई प्रहरीले कारवाही गर्ने, जरिवाना तिराउने गरेकोमा ग्रामीण क्षेत्रमा मेला नै सञ्चालन गर्दा समेत नजिकै भएको प्रहरी चौकीबाट कुनै चासो नदेखाइएको भन्दै सामाजिक सञ्जालमा तीब्र आलोचना हुन थालेको छ ।

तपाईको प्रतिक्रिया