गण्डकीमा थप ४७ जनामा कोरोना, १ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ भदौ ३० गते १२:४४

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतष्ठिान, क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा मंगलबार ७ जिल्लाका ४७ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोना पुष्टि हुनेमा नवलपुरका २०, स्याङ्जाका १२, तनहुँका ९, कास्कीका ३, गोरखा, लमजुङ र मनाङका १/१ जना छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३१ सय १२ पुगेको छ । तीमध्ये १८ सय ९५ जना निको भएका छन् ।

Advertisement

थप १ संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ की ६३ वर्षीया संक्रमित महिलाको मृत्यु भएसँगै मृतकको संख्या ३० पुगेको हो ।

Advertisement

ती महिलाको काठमाडौं छाउनीस्थित वीरेन्द्र अस्पतालमा सोमबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । क्यान्सर रोगी उनमा २५ भदौमा कोरोना पुष्टि भएको थियो ।

मृत्यु हुनेमा कास्कीका ९, गोरखाका ६, नवलपुरका ५, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया