मनिपाल अस्पतालमा ७० वर्षे कोरोना संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ भदौ ३० गते १३:१६

समाधान संवाददाता, पोखरा

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका ९ का ७० वर्षे पुरुषको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

२५ भदौमा अस्पताल भर्ना भएका ती वृद्धमा २८ भदौमा कोरोना पुष्टि भएको थियो । उनको सोमबार राति ११ः२० बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनी क्यान्सरका बिरामी थिए ।

Advertisement

योसहित पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । कास्की जिल्लाभर १० जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिकाका ८ बाहेक बाँकी २ जना अन्नपूर्ण र मादी गाउँपालिकाका हुन् ।

प्रदेशभर मृतकको संख्या ३१ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १०, गोरखाका ६, नवलपुरका ५, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

Advertisement

साथै कास्कीका २, स्याङ्जा र गोरखाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कन्ट्याक ट्रेसिङमा परेका उनीहरुमा कोरोना पुष्टि भएको हो ।

साथै कास्कीका २, स्याङ्जा र गोरखाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कन्ट्याक ट्रेसिङमा परेका उनीहरुमा कोरोना पुष्टि भएको हो । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ३१ सय १६ पुगेको छ । तीमध्ये १८ सय ९५ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया