थप १४५९ जनामा कोरोना, ११ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ भदौ ३० गते १७:१६

समाधान संवाददाता

देशभर १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएकासँगै संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको बताए।

नेपालमा एकैदिन ११ कोरोना संक्रमितको मृत्यु भएको छ। ७ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

सर्लाहीमा ६४ वर्षीय पुरुष, सिरहामा ३५ वर्षीया महिला, बारामा ५५ वर्षीया महिला र ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा ६ वर्षीया महिला, ३४, ९६ र ६६ वर्षीय पुरुष, मकवानपुरमा ६१ वर्षीय पुरुष, रुपन्देहीमा ६४ वर्षीया महिला र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७१ पुगेको छ।

Advertisement

तपाईको प्रतिक्रिया