अमेरिकी दूतावासद्वारा युवा सार्वजनिक नीति तालिमलाई सहयोग

समाधान संवाददाता
पोखरा
अमेरिकी राजदूत र्यान्डी डब्लु. बेरीले संसदीय सहयोगसम्बन्धी पूर्वव्यावसायिक कार्यक्रम प्रिप्रोफेसनल पार्लियामेन्टरी सपोर्ट प्रोग्राम (पिपिएसपी) उद्घाटन गरेका छन् ।
युवाका लागि नेपालमै पहिलो किसिमको फेलोसिपका रुपमा रहेको पिपिएसपी ले कानुन निर्माण र सार्वजनिक नीतिका विषयमा ज्ञान प्रदान गर्दछ । नेपालका ५२ प्रतिशत मतदाता युवा रहेको तथ्यलाई सम्मान गर्दै अमेरिकी दूतावासले पोखरा रिसर्च सेन्टर (पिआरसी) सँगको साझेदारीमा आयोजना गरेको सार्वजनिक नीतिसम्बन्धी अनलाइन तालिममा गण्डकी प्रदेशका ११ ओटै जिल्लाबाट छानिएका २० देखि ३० वर्ष उमेर समूहका ५० जना युवाहरूको सहभागिता छ ।
सहभागीहरूले भदौ ३० देखि असोज ३ गतेसम्म भूराजनीति, कूटनीति, संघीयता, आर्थिक नीति र सुशासन लगायत विविध विषयमा ज्ञान प्राप्त गर्नेछन् ।
‘युवाको राजनीतिक निर्णय निर्माणमा सामेल हुने हक त छ नै, उनीहरूको समावेशिताले सरकारलाई समेत बलियो बनाउँछ,’ कार्यक्रम उद्घाटनका क्रममा राजदूत बेरीले भने, नेपालका युवालाई नीतिको खाका कोर्ने मञ्चमा पुर्याउँदा नेपालको लोकतन्त्रमा देशका सबै जनताको प्रतिनिधित्व सुनिश्चित हुन्छ ।’
परियोजनाले ३ वटा शिविर सञ्चालन गर्नेछ । जसमा ५० मध्येबाट छानिएका अन्तिम १२ सहभागीले गण्डकी प्रदेश सभाका सांसदहरूका सल्लाहकारका रूपमा काम गर्नेछन् । छनोटमा परेका फेलोहरूले सांसदहरूलाई नीतिगत क्षेत्रको अध्ययन, संसदीय सोधपुछको मस्यौदा लेखन, संसदीय छलफलको तयारी र कार्यक्रम तालिका मिलाउने लगायतका कार्यमा सघाउनेछन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया