क्षेत्रीय अस्पतालको प्रसूति सेवा आज र भोलि बन्द

समाधान संवाददाता, पोखरा
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा २ दिनलाई बन्द गरिएको छ । २७ भदौमा इमर्जेन्सी सिजरिङ गरिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका १० बस्ने २४ वर्षीया महिलामा कोरोना पुष्टि भएपछि बिहीबारसम्मलाई प्रसूति सेवा बन्द गरिएको हो ।
कोरोनाको आशंकामा ती महिलाको आइतबार स्वाब संकलन गरिएकोमा मंगलबार पोजेटिभ आएको हो । प्रसूति विभागलाई निर्मलीकरण गर्नुपर्ने र ती महिलाको अप्रेसनमा संलग्न स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्नुपर्ने भएकाले सेवा बिहीबारसम्मलाई बन्द गरिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
अस्पतालबाट प्रवाह हुने अन्य सेवा भने यथावत सञ्चालन हुने उनले बताए । सुत्केरी महिलालाई अस्पताल परिसरमै निर्मित आइसोलेसनमा सारिएको छ । संक्रमित युवतीको अवस्था सामान्य रहेको आइसोलेसन इन्चार्ज रत्ना श्रेष्ठले जानकारी दिइन् ।
‘उहाँको अवस्था सामान्य छ । सास फेर्न गाह्रो भएपछि परीक्षण गर्दा पोजेटिभ आएछ । मैले बहिनीसँग कुरा गरेको थिएँ । बच्चालाई घर लैजानुभएछ,’ श्रेष्ठले भनिन् ।
आइसोलेसनमा २७ जनाको उपचार भइरहेको छ । तीमध्ये ७ जनालाई आइसियुमा राखेर उपचार भइरहेको श्रेष्ठले बताइन् । क्षेत्रीय अस्पतालमा ४२ बेडको आइसोलेसन छ ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया