भिटोफ गण्डकीले नवीकरण शुल्क नलिने

समाधान संवाददाता २०७७ भदौ ३१ गते ९:५०

समाधान संवाददाता, पोखरा

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी समितिले आफ्ना सदस्यहरुको नवीकरण शुल्क निशुल्क गर्ने निर्णय गरेको छ ।

भिटोफ गण्डकीको सोमबार भएको भर्चुअल बैठकले उक्त निर्णय गरेको साथै मञ्चको साधारण सभा पनि भर्चुअल विधिबाट नै सम्पन्न गर्ने निर्णय गरेको अध्यक्ष नवराज अधिकारीले जानकारी दिएका छन् ।

Advertisement

भिटोफ गण्डकीमा पर्यटन व्यवसायमा संलग्न व्यवसायी तथा होमस्टे आजीवन र साधारण गरी जम्मा ७५ सदस्य छन् । समितिले हरेक वर्ष १ हजार ५ सय नवीकरण शुल्क लिँदै आएको थियो ।

कोभिड १९को महामारीको असर पर्यटन क्षेत्रमा परि व्यवसाय नै धरासयमा पुग्न लागेको अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको अधिकारीले वताए ।

Advertisement

भिटोफ गण्डकीले प्रदेश भित्रका होमस्टेहरुको सम्भावना अध्ययन गरी हरेक वर्ष १ होम स्टेलाई गन्तव्य र १ लाई उत्कृष्ट होम स्टे घोषणा गर्दैै प्रवद्र्धन तथा प्रचारप्रसार गर्दै आइरहेको छ ।

प्रदेश सरकारसँगको सहकार्यमा होमस्टे सञ्चालकलाई तालिम तथा होमस्टेको बीचमा अन्तरसम्बन्ध कायम गर्ने कार्य गर्दै आइरहेको भिटोफ गण्डकीका संस्थापक तारानाथ पहारीले वताए ।

तपाईको प्रतिक्रिया