पाेखरामा १ पत्रकारसहित गण्डकीमा थपिए ५ संक्रमित

समाधान संवाददाता २०७७ भदौ ३१ गते १०:४८

पाेखरा

पाेखरामा १ पत्रकारसहित गण्डकी प्रदेशमा बुधबार ५ संक्रमित थपिएका छन् ।

स्याङ्जाकाे पुतलीबजार १३ घर भई पाेखरा ४ मा बस्दै आएका पत्रकारमा काेराेना पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

Advertisement

कास्की जिल्ला, पोखरा महानगरपालिका-६ का २ जना पुरुष पर्यटक प्रहरीमा कार्यरत छन् ।

तनहुँ जिल्ला, सुक्लागण्डकी-१० का २८ बर्षीय पुरुष कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । उनी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा छन् ।

Advertisement

नवलपुर कावासोती-८ का संक्रमित ह्याम्स अस्पताल, काठमाडौँमा उपचाररत छन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ७१ पुगेको छ |

तपाईको प्रतिक्रिया