काेराेना पुष्टिपछि पत्रकार सुवेदीले लेखेः कोरोनालाई छिट्टै जित्ने छु

समाधान संवाददाता २०७७ भदौ ३१ गते ११:३९

समाधान संवाददाता, पाेखरा ।

पाेखरामा क्रियाशील पत्रकार गाेविन्द सुवेदीलाई काेराेना पुष्टि भएकाे छ ।

सामान्य ज्वराे आएपछि परीक्षण गराएर स्वाब दिएका उनकाे ३ दिनपछि बुधबार बिहान रिपाेर्ट आएकाे हाे ।

Advertisement

अहिले अवस्था सामान्य रहेकाे र पाेखराकाे गैरापाटनस्थित डेरामै आफू रहेकाे बताएका छन् । उनी नयाँ पत्रिकाका लागि पाेखराबाट काम गर्छन् । उनी पाेखराकै रेडियाे वाराहीमा पनि काम गर्दै आएका छन् ।

उनले लेखेका छन् : ज्वरो आएपछि स्वाव दिएँ । रिपोर्ट आउँदासम्म धेरै सुधार भइसकेको छ । सम्पूर्ण शुभेच्छुक र शुभचिन्तक ज्युहरुमा ढुक्क रहन आग्रह गर्दछु । कोरोनालाई छिट्टै जित्ने छु । तै पनि जो जो नजिक रहनुभयो सुरक्षित रहनुहोला ।

Advertisement

यसअघि पाेखराकै एक पत्रकार काेराेना संक्रमणपछि निकाे भएर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया