दशैं आइसक्यो, तिहार आइसक्यो…

समाधान संवाददाता २०७७ भदौ ३१ गते १३:४१

समाधान संवाददाता, पोखरा

तीज आयो । पोहोरजस्तो भएन, घरभित्रै सीमित रहेरै सकियो । दशैं र तिहार पनि आउँदै । तर कोरोना महामारीले चाडपर्व मनाउन सक्ने अवस्था छैन । तर घरभित्रै बसेर समय कटाउन दशैंतिहार सम्बन्धी गीत सार्वजनिक भएका छन् ।

यसबीच पोखराकी सरिता अधिकारीको दशैं आइसक्यो बोलको गीत सार्वजनिक भएको छ । डिजिटल स्टार युट्युब च्यानलबाट सो गीत सार्वजनिक भएको हो । अधिकारीलाई स्वरमा इश्वार सिंहले साथ दिएका छन् । उक्त गीत डिजिटल रेकर्डिङ स्टुडियो सिर्जनाचोकमा रेकर्ड गरिएको हो ।

Advertisement

२२ वर्षकी अधिकारी दृष्टिविहिन छन् । उनी पाेखराकाे हरिचोक बस्छिन् । २०६४ सालमै रेडियाे नेपालबाट स्वर परीक्षा उत्तिर्ण सरिताकाे गित संगितमै जीवन बिताउने धाेकाे छ ।

रियालिटी गायन शो नेपाल आइडल ३ मा उनी टप १६ सम्म पुगेकी थिइन् । विभिन्न गायन प्रतियोगितामा भाग लिँदै आएकी उनले भजनहरुमा पनि आवाज भरेकी छन् । अधिकारीको नयाँ गीतमा कोरोना भाइरसले गर्दा दशैंतिहार आउँदा खुसी हुनुपर्नेमा दुखित हुनुपरिरहेको लगायतका विषय समेटिएका छन् ।

Advertisement

याे गितकाे भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

तपाईको प्रतिक्रिया