कृष्ण प्रणामी बृद्धाश्रममा बेल्जियमबाट सहयोग

पोखरा
पोखरा महानगरपालिका वडा नं. २७ सयलेपाखामा रहेको कृष्ण प्रणामी बृद्धाश्रममा बुधबार खाद्यान्न, लत्ता कपडा तथा नगद सहयोग प्रदान गरिएको छ ।
आश्रमका ज्येष्ठ नागरिकलाई मादी गाउँपालिका १० घर भई हाल पोखरा चायापानीमा बसोबास गर्ने वैदेशिक रोजगारीको सिलसिलामा बेल्जियम रहेका राजेन्द्र गुरुङ र उनकी पत्नी दयाकुमारी सिग्देलले सहयोग गरेका हुन् ।
गुरुङले आमा क्रोहस्यो गुरुङको स्मृतिमा आश्रमका ज्येष्ठ नागरिकलाई दाल चामल सहितको खाद्यान्न सामग्री, १३ थान ब्लांकेट र नगद १२ हजार ९ सयसहित झण्डै ६५ हजार रुपैयाँ बराबरको सहयोग गरेका हुन् ।
बेल्जियमबाट पठाएको सहयोग आश्रमका अध्यक्ष दुर्गाप्रसाद गौतमलाई सहयोगदाता गुरुङका आफन्त नारायण गुरुङ, बिना गुरुङ, कल्पना गुरुङ र श्याममाया गुरुङले हस्तान्तरण गरेका थिए ।
त्यसक्रममा नारायण गुरुङले विषम परिस्थितिका कारण आश्रममा आइपुगेका ज्येष्ठ नागरिकलाई आफन्तको स्मृतिमा गरिएको सहयोगले केही समय भएपनि सहज जीवन यापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
आश्रमका अध्यक्ष गौतमले कठिन परिस्थितिमा रहेका ज्येष्ठ नागरिकलाई यस्ता सहयोगले हामीलाई हेर्ने पनि कोही छन् है भन्ने विश्वास जागेको उल्लेख गरे । कार्यक्रममा स्थानीय समाजसेवी मोहम गुरुङ, गोविन्द बास्तोला, बुद्धिसागर पोखरेल लगायतको सहभागिता थियो ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया