कांग्रेस सभापति देउवा हाेम आइसाेलेशनमा

समाधान संवाददाता २०७७ असोज १ गते १४:४४
Photo: THT

समाधान संवाददाता, काठमाण्डाैं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हाेम आइसाेलेशनमा बसेका छन् । आफ्नाे सचिवालयमा कार्यरत २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि देउवा आइसाेलेशनमा बसेका हुन् ।

उनकाे सचिवालयका ७ जना मध्ये २ जनाका काेराेना पुष्टि भएकाे हाे । यद्यपी उनकाे स्वाव संकलन गरिएकाे छैन र काेराेनकाे कुनै लक्षण पनि देखिएकाे छैन ।

Advertisement

देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार शुक्रबार मात्र उनकाे स्वाव लिइने छ ।

संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने कार्यक्रम तय भएको भए पनि सचिवलायका कर्मचारीमा संक्रमण देखिए पछि देउवाले सो भेट स्थिगित गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया